स्थायी सरकार सञ्चालनका लागि गठबन्धनः उपप्रधानमन्त्री सिंह

पाेखरा | मंसिर १५, २०८१

स्थायी सरकार सञ्चालनका लागि गठबन्धनः उपप्रधानमन्त्री सिंह

पोखरा:    उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याी सरकार सञ्चालनका लागि एमाले र नेपाली कांग्रेसले सहकार्य गरेको बताएका छन् । 

 

नेपाल प्रेस युनियन कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले स्थायी सरकार सञ्चालन गर्न एमाले र कांग्रेसले गठबन्धन गरेको बताएका हुन् । 

 

‘६/६ महिनामा सरकार परिवर्तन हुँदा जनतामा राजनीतिक वितृष्णा आएको छ, स्थिरता सरकार सञ्चालनसँगै विकास निर्माणका कामलाई तिव्रता दिन हामी सरकारमा आएका छौं’, मन्त्री सिंहले भने, ‘हाम्रो सहकार्य २०८४ सम्म नै जान्छ, ७ बुँदे सहमति अनुसार नै अगाडि बढ्छौं ।’

 

मन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋणलाई अनुदानमा बदल्न छलफल हुनेसमेत उल्लेख गरे । 

 

‘यो भन्दा अगाडि पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ऋण अनुदानमा बदल्न छलफल अगाडि बढेको छ । प्रधानमन्त्रीको चीन भ्रमण हामीले अर्थतन्त्र र विकासलाई ध्यानमा राखेका छौं’ उनले भने ।

 

उनले काठमाडौं–पोखरा सडक खण्ड निर्माण कार्यलाई तिव्रता दिनसमेत निर्माण पक्षलाई ध्यानाकर्षण गराइराखेको बताएका थिए । 

 


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्